प्रदेश अस्पतालमा एमआरआई मेसिनबाट बिरामीको उपचार सुरू

सुर्खेत - प्रदेश अस्पताल सुर्खेतमा अत्याधुनिक प्रविधिको एमआरआई मेसिनबाट बिरामीको उपचार सुरू गरिएको छ । दुई महिना अघि अस्पतालमा भित्रिएको उक्त मेसिनबाट आजदेखि उपचार नै सुरु भएको छ ।
मेसिन जडान र प्रोसेसिङ प्रोग्रामहरु इन्स्टल गरेपछि शुक्रबार अस्पतालका निर्देशक डा. डम्बर खड्काले एमआरआई सेवा सुरु गरेका हुन् ।
प्रदेश अस्पतालै एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि विरामीहरुले महँगो खर्च गरेर सुर्खेत बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । यो मेसिनलाई नेपालकै उत्कृष्ट र अत्याधुनिक प्रविधिको मानिएको छ । यो मेसिनबाट दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्ससहितको आवाजविहीन उच्च गुणस्तरको छ ।
‘यस मेसिनबाट कर्णाली बासीलाई उत्कृष्ठ सेवा प्रदान हुन्छ । बिरामीलाई बाहिर रेर्फर गर्नु पर्दैन’ अस्पतालका निर्देशक डा. खड्काले भने, ‘जसले गर्दा बिरामीहरु बाहिर गएर खर्च गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने छन् ।’
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उलब्ध गराएको थियो । उक्त मेसिन नेपाली रुपैयाँ २९ करोड ७१ लाख परेको हो ।

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया