नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने

चितवन - नारायणगढ बजार नजिकैको नारायणी नदीमा निर्माण गर्न लागिएको नयाँ पुल हाल भएको पुलबाट उत्तरतर्फ (माथिल्लो भागमा) बनाइने भएको छ । पूर्व–पश्चिम राजमार्गको सडकको भागमा पर्ने गरी पुल बनाउन लागिएको हो ।
सडक विभाग अन्तर्गतको पुल महाशाखाले नक्सांकनसहित पुल निर्माणका लागि टुण्डी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरिसकेको छ । महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्ण अधिकारीका अनुसार गत जेठ १९ गते ४८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।
पुल अहिले भइरहेको पुलको माथिल्लो अर्थात् उत्तरतर्फ निर्माण हुनेछ । निर्माण कम्पनीले पहिलो एक वर्षमा नक्सांकनको काम सम्पन्न गर्नुपर्ने हुन्छ । हाल प्रारम्भिक नक्साको काम कम्पनीले गरिरहेको उनले जानकारी दिए । पुल कम्तीमा चार सय २० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । भविष्यमा नदीमा पानीजहाज, स्टिमर सञ्चालन गर्दा समस्या नहुने गरी पुल निर्माण गरिनेछ ।
पुल निर्माणका लागि रु एक अर्ब ६८ करोड हाराहारी खर्च हुनेछ । हाल सञ्चालनमा रहेको पुल विसं २०३८ मा निर्माण भएको हो । यो पुलको आयु ७० वर्ष रहेको बताइएको छ । रासस

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया