मलेसियामा हुने एसीसी यू-१९ प्रिमियर कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ- मलेसियामा आयोजना हुने एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपालले प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।
मलेसियाले आगामी अक्टोबर १२ देखि २४ तारिखसम्म प्रिमियर कप आयोजना गर्दैछ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ ।
५० ओभरको प्रिमियर कप पाकिस्तानमा यसै वर्ष आयोजना हुने एसीसी यू-१९ एसिया कपका लागि छनोट प्रतियोगिताको रुपमा समेत रहेको छ ।
यस प्रतियोगिताको शीर्ष ३ टिमले एसिया कपमा स्थान सुरक्षित गर्नेछन् ।
प्रतियोगिताका लागि नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा बहराइन, साउदी अरेविया र इरान पनि रहेका छन् । समूह ‘बी’ मा यूएई, ओमान, कतार र चीन रहेका छन् भने समुह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, आयोजक मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् ।
नेपालको प्रारम्भिक टोलीः
१- आकाश त्रिपाठी
२- अर्जुन कुमाल
३- दिपक बोहरा
४- दीपक बोहरा
५-उत्तम थापा मगर
६-दिपक डुम्ब्रे
७-दिपेश कँडेल
८-हेमन्त धामी
९- दुर्गेश गुप्ता
१०-आकाश चन्द
११-देव खनाल
१२-सुभाष भण्डारी
१३-विशाल केसी
१४-मिलन बोहरा
१५- प्रज्वल थापा
१६- तुलबहादुर थापा
१७- निर्मल गुरुङ
१८- राजेश यादव
१९- विपिन रावल
२०- उनिश सिंह ठकुरी
२१- अशोक पौडेल
२२- अभिनाश तिवारी
२३- नरेन भट्ट
२४- निरज यादव

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया