सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको काठमाडौको निदान अस्पतालमा बिहीबार बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए । उनलाई कोभिड संक्रमण थियो ।
चार दशकसम्म कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्य समेत भएका थिए । वि.स. २०३७–२०४६ सम्म राष्ट्रिय पञ्चायतका सदस्य थिए ।
मल्ल २०२८ सालमा डोटी बोगटान अन्तर्गत पण्डौन गांउ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष , ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहकार र त्रिभुवन विश्व विद्यालयको सभासद भएका थिए । ३ माघ २०७४ मा प्रदेश प्रमुख नियुक्त भएका मल्लले ८ गते सपथ ग्रहण गरेका थिए ।
पहिले राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभा अघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । मल्लका श्रीमति, एक छोरा र एक छोरी छन् ।

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
_JWCEZT7Km1_rrqi8tk3zkgqlknaxqqn0r9ovakdepaabie62k1duhgpnltyevd0lpqgu7jt_LVnM0FQvFf_ovulwcw85xb5dl9lri0qcgviglu8w5qct5ywrfnps60szh1eshgrio9oqb0e.jpg)
९७ वर्षमा नागरिकता

प्रतिक्रिया