क्यान्सर अस्पतालमा २९ हजार बिरामीले सेवा लिए

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अहिलेसम्म २९ हजार दुई सय ५५ क्यान्सरका बिरामीले सेवा लिएका छन् ।
क्यान्सर अस्पताल विकास समितिले आज खजुरामा आयोजना गरेको वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले सो जानकारी दिएका हुन् ।
मुठी दान गरेर सङ्घीय अस्पतालका रूपमा विसं २०७५ मा स्थापना भएको उक्त अस्पतालमा हालै रक्त क्यान्सरका लागि भिन्नै वार्ड स्थापना भएको र अहिले दुई बिरामीको उपचार भइरहेको जानकारी दिँदै उनले फोक्सो, कलेजो, मिर्गौला, रक्त क्यान्सर, थाइराइड क्यान्सरलगायतका रोगका औषधि निःशुल्क उपलब्ध भएको र म्याक्स फाउण्डेसनले छ प्रकारका औषधि दिइरेहको बताए ।
नेपाल सरकारबाट प्राप्त भएको रु छ करोड पूँजीगत र चालु रु चार करोडबाट वृद्धि भएर आव ०८०/८१ मा पूँजीगततर्फ रु १५ करोड र चालुतर्फ रु १० करोड गरी रु २५ करोड बजेट पुर्याइएको अस्पतालले उल्लेख गरेको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तीन प्रदेशका स्थानीयवासीले सेवा लिएको सो अस्पतालमा क्यान्सरको उपचारका क्रममा लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य बीमाबाट प्राप्त हुने सुविधा सकिएका ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक बिरामीलाई अस्पतालबाट प्रदान गर्ने सेवा शुल्कको ५० प्रतिशत अस्पतालले बेहोर्ने गरी छुटसमेत भएको अस्पताल विकास समितिले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयमा चिकित्सकसहित चार सय नौ कर्मचारी स्वीकृतिका लागि पठाइएकामा ओएन्डएम स्वीकृत नभएकाले पाँच वर्षदेखि अस्पताल अस्थायी चिकित्सक र कर्मचारीको भरमा सञ्चालन गर्न बाध्य भएको उनले बताए ।
“जनताले गुणस्तरीय सेवाको अपेक्षा राख्नुहुन्छ तर हाम्रो सेवा सञ्चालनमा जटिलता देखिएको छ”, उनले भने ।
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_EuUEJ9xlTh_o06q8qahksrn6i6qjzlsvx7btzpmc3yucaboycihys7tn008wnnlmjwbuzvp.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_JQdNF7olDJ_c9hxdzjbhwsntt14nuywzykuib1wrflels697seudluaku8wgzfemsajgpor.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

प्रतिक्रिया