आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

अर्थमन्त्रीबाट हुन्डाईको फेष्टिभ डिलाइट २०८०को बम्पर प्राइज सार्वजनिक

काठमाडौँ – हुन्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर पुरस्कार सार्वजनिक गरेको छ ।

मंगलबार नाडा अटो शो २०२३ को पहिलो दिन कम्पनीले आफ्नो स्टल बी–५ मा अर्थमन्त्री डा. प्रकाशशरण महतबाट बम्पर पुरस्कारको रुपमा रहेको एसयुभी एक्टर सार्वजनिक गरेको हो।

हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

नाडा अटो शो २०२३ मा हुन्डाईको बी–५ स्टल भ्रमण गरेर कम्पनीका विभिन्न उत्पादनहरूको जिज्ञासा मेट्नसमेत कम्पनीले आग्रह गरेको छ। सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध गराएको कम्पनीले यो सुविधा आगामी छठ पर्वसम्म मात्रै रहने बताएको छ।