सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

६० किलो सुन तस्करी प्रकरणमा १८ जना अझै फरार

काठमाडौँ– त्रिभुवन विमानस्थलबाट ६० किलो सुन तस्करी भएको प्रकरणमा संलग्न १८ जना अझै फरार रहेका छन् । सुन प्रकरणमा अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको नेपाल प्रहरीको अनुसन्धान व्यूराेले प्रकरणमा संलग्न अझै १८ जना फरार रहेको बताएको हो । 

सीआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले यो घटनामा ५० जनालाई प्रतिवादी बनाइएकोमा ३२ जना पक्राउ परेको र १८ जना अझै फरार रहेको बताइन् । एआइजी बज्राचार्यका अनुसार पक्राउ पर्नेमा २३ जना नेपाल र ९ जना विदेशी नागरिक रहेका छन् । त्यस्तै, फरारमध्ये ४ जना नेपाली र १४ जना विदेशी रहेका छन् । 

गत साउन २ गते त्रिभुवन विमानस्थलबाट ६० किलो सुन बरामद भएको थियो ।