मैत्रीपूर्ण फुटबलः इंग्ल्यान्ड, अमेरिका र जापान विजयी

काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्ड, अमेरिका र जापान विजयी भएका छन् ।
इंग्ल्यान्डले स्कटल्यान्डलाई ३-१ गोलअन्तरले पराजित गर्यो । इंग्ल्यान्डको जितमा फिल फोडेन, जुन वेलिङ्घम र कप्तान ह्यारी केनले एक-एक गोल गरे । इंग्ल्यान्डकै ह्यारी मागुइरेले एक आत्मघाती गोल गरेका थिए ।
यता जापानले भने टर्कीलाई ४-२ ले हरायो । जापानका लागि केइटो नाकामुराले २ तथा अट्सुकी इटो र जुन्या इटोले एक-एक गोल गरे । टर्कीका लागि ओजान कावेक र बेर्टुग ओजगुरले एक-एक गोल फर्काए ।
अमेरिकाले ओमानलाई ४-० गोलअन्तरले पराजित गर्यो । अमेरिकाको जितमा फोलारिन बालोगन, ब्रेन्डन आरोन्सन र रिकार्डो पेपीले एक-एक गोल गर्दा ओमानका खालिद अल-ब्राइकीले एक आत्मघाती गोल गरे ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया