नक्कली नागरिकता बनाइदिने भारतीय पक्राउ

रौतहट- फर्जी नागरिकता बनाइदिएको खुले पछि एक भारतीय पक्राउ परेका छन् ।
चन्द्रनिगाहपुर बजारमा फलफुल व्यापार गरेर बस्ने नैमुद्धिन नक्कली नागरिकता बनाइदिने कार्यमा संलग्न भएको खुले पछि पक्राउ परेका हुन् ।
फलफूल र अण्डाको व्यापार गर्दै आएका उनले भारतीय मुस्लिमहरुलाई नेपाली नागरिकता बनाईदिने काम गर्दै आएको खुले पछि सर्लाही प्रहरीको आग्रहमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाइ पक्राउ गरेको हो ।
उनलाई सर्लाही प्रहरीको जिम्मा लगाएपछि नैमुद्धिनसँग नागरिकता बनाएर चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएका नक्कली नागरिकता लिएका दर्जनौ भारतीयहरू भने फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी पक्राउ परेसँगै नक्कली नागरिकता बनाउने गिरोह नै रहेको खुले पछि थप अनुसन्धान भइरहेको छ ।

मधेस सरकारले मलखाद समयमै उपलब्ध गराउनुपर्छः कांग्रेस सभापति यादब

सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबारका भन्सार छलीका सामान बरामद

बारामा ४३ लाख राजश्व छलीको सामानसहित ट्रक बरामद

लागू औषधसहित स्याङजाका मगर गौरमा पक्राउ

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

प्रतिक्रिया