मुख्य प्रशिक्षक बर्खास्त गरेपछि जर्मनीको पहिलो जित

बर्लिन- मुख्य प्रशिक्षक बर्खास्त गरेपछिको पहिलो खेलमा जर्मनीले जित हासिल गरेको छ ।
लगातार खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक हान्सी फ्लिकलाई बर्खास्त गरेको जर्मनीले त्यसपछि पहिलो खेलमै जित हात पारेको हो ।
जर्मनीले मैत्रीपूर्ण खेलमा फ्रान्सलाई २–१ ले पराजित गरेको हो ।
यसअघिका पाँच खेलमा जर्मनी नतिजाबिहिन भएपछि जर्मनीले मुख्य प्रशिक्षक फ्लिपलाई बर्खास्त गरेको जनाएको थियो । त्यसपछि सहायक प्रशिक्षक रुडी भोलरको प्रशिक्षणमा घरेलु मैदान सिगनल इडुना पार्कमा जर्मनीलाई मैदानमा उतारेको थियो ।
फ्रान्ससँगको मैत्रीपुर्ण खेलमा जर्मनीका तर्फवाट थोमर मुलर र लरेय सानेले गोल गरेर जित बिहिन अवस्थालाई टुंग्याएका हुन् । सो खेलमा फ्रान्सका एन्टोइन ग्रीजमनले एक गोल फर्काएका थिए ।
खेलको सुरूवातीमा नै जर्मनीले जादु देखाउन सुरू गरेको थियो । खेल सुरू भएको चौथो मिनेटमै थोमस मुलरले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए भने खेल सकिन लागेको बेलामा सानेले ८७औं मिनेटमा गोल गरी जर्मनीको अग्रता दोब्बर पारिदिएका हुन् ।
निकै रोमाञ्चक बनेको उक्त प्रतिस्पर्धाको ८९औं मिनेटमा फ्रान्सले पेनाल्टी पायो र त्यसमा ग्रीजमनले गोल गरेका थिए । अन्ततः खेल २-१ जित हासिल गर्न जर्मनी सफल भयो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया