नेम्वाङको योगदान अजम्बरी र अमिटः मुख्यमन्त्री कार्की

विराटनगर - कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार हृदयघातका कारण निधन भएका संविधानसभाका अध्यक्ष, प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको लोकतान्त्रिक संविधान निर्माणमा अजम्बरी र अमिट योगदान रहेको बताएका छन् ।
उनले प्रदेश सरकारका तर्फबाट मंगलबार निकालेको शोक वक्तव्यमा नेम्वाङको असमायिक निधनले सिंगो मुलुक, नेपालको कम्युनिष्ट आन्दोलन, संसद, कानून व्यवसाय, राजनीतिक तथा प्राज्ञिक क्षेत्रलाई समेत ठूलो क्षति पुगेको बताएका हुन् ।
नेम्वाङ कानूनको असल विद्यार्थी, सफल शिक्षक र प्रभावशाली कानून व्यवसायी हुँदै नेपाली राजनीतिमा शालिनताका मानकको रुपमा आफ्नो पहिचान बनाएको पनि मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् ।
‘नेपालको कम्युनिष्ट आन्दोलनले असल योद्घा, नेकपा (एमाले) ले शीर्ष नेता, संसदले कुशल सांसद र राजनीतिक तथा प्राज्ञिक क्षेत्रले शालिन र बौद्धिक व्यक्तित्व तथा भरपर्दो अभिभावक गुमाएका छौं’ कार्कीको शोक बक्तव्यमा भनिएको छ ‘नेपालको बामपन्थी तथा लोकतान्त्रिक आन्दोलन र लोकतान्त्रिक संविधान निर्माणमा उहाँले पुर्याउनु भएको योगदान नेपालको राजनीतिक इतिहासमा सँधैभरी अजम्वरी र अमिट छाप भएर रहनेछ ।’

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया