धरानका उपमेयर बेघाको भाइमाथि खुकुरी प्रहारबाट गालामा चोट

विराटनगर - धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र बिक्रम बेघाको घरैमा गएर उनका भाई बिष्णु बेघामाथि खुकुरी प्रहार भएको छ । धरान–१५ खोरिया बस्तीस्थित उपमेयर बेघाको घरमा १५–२० जना जतिको समूहले आक्रमण गरी उनका भाई बिक्रममाथि खुकुरी प्रहार गरेको जनाइएको छ ।
खुकुरी प्रहारबाट २३ वर्षीय बिष्णुको देब्रे पट्टिको गालामा चोट लागेको जनाइएको छ । इलाका प्रहरी कार्यालय धरानले भने आक्रमणमा संलग्न युवाहरुको खोजी भइरहेको जनाएको छ । आक्रमणकारी पक्राउ गर्नका लागि प्रहरी परिचालन गरिएको र पक्राउ परेपछि आक्रमणको कारण थाहा हुने त्यहाँका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।
उपमेयर बेघाकी आमा दिलकुमारी बेघाले भने अचानक घरमा केटाहरुको समूह आएर घरका सिसा तोडफोड गर्नुका साथै घरभित्रै प्रवेश गरेर बिष्णुमाथि खुकुरी प्रहार गरेको बताइन् ।
मंगलबार साँझ करिब पाँच बजेतिर आक्रमण भएको र शान्ति सुरक्षाका लागि जानकारी गराउँदा पनि प्रहरी नपुगेको भन्दै उपमेयर बेघाले भने प्रहरीसँग असन्तुष्टि पोखेका छन् ।

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया