एलजीको ‘शुभसाईत दशैं तिहार घर भित्रिन्छन् नगद र उपहार’ अभियान सार्वजनिक

काठमाडौँ – नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्राण्ड एलजीले दशैँ र तिहारका लागि आफ्नो नयाँ वर्ष अभियान ‘शुभसाइत दशैँ तिहार घर भित्रिन्छन् नगद र उपहार’ सार्वजनिक गरेको छ ।
यो अभियानले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्रदान गर्ने एलजीले जनाएको छ ।
यस योजना अन्तर्गत एलजीको लागि नेपालको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरटेनमेन्ट र विभिन्न उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको छ ।
साथै ग्राहकहरूले एलजीका सबै उत्पादनहरूमा विशेष मूल्यमा बिना लागत ईएमआई प्राप्त गर्न सक्ने र एक्सचेन्ज अफरको मजा लिन पनि सक्ने सीजीले जनाएको छ ।
त्यसैगरी ग्राहकहरूले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्त होटलमा २५ प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्ने चौधरी ग्रुपले जनाएको छ ।
नयाँ वर्षको अफरले एलजी स्प्लिट रेसिडेन्सियलर फ्लोर स्ट्यान्डिङ र क्यासेट एयर कन्डिसनर खरिद गर्दा निःशुल्क इन्स्टलेसन पनि प्रदान गर्ने सीजीले जनाएको छ ।
यो अभियान भदौ २५ गतेदेखि नेपालभर सीमित अवधिको लागि लागू हुने पनि चौधरी ग्रुपले जनाएको छ ।
यस्तो छ सीजीले जनाएको योजना अन्तर्गत ग्राहकले पाउने सुविधा–
– एलजी साइड बाई साइड र फ्रेन्च ढोर रेफ्रिजरेटरको खरिदमा माइक्रोवेभ ओभन–एयर फ्राइर ।
– एलजी डबल डोर रेफ्रिजरेटरको खरिदमा मिक्सर ग्राइन्डर वा ग्यास चुलो ।
– एलजी डबल डोर फ्रिज (जीएलके २९२ एसएलटीएल बाहेक) को खरिदमा फ्यान र कुलर र उपहार बक्स ।
– सिंगल डोर फ्रिजमा क्यासब्याक,
– माइक्रोवेभ ओभनको खरिदमा माइक्रोवेभ किट,
– एलजी फ्रन्ट लोड वाशिङ मेसिन (१० किलो र माथि)को खरिदमा इन्डक्सन कुकर,
– ९ किलोसम्मको एलजी वाशर र वाशर ड्रायरको खरिदमा डिटर्जेन्ट पाउडर,
– टप लोड ट्विन टबको खरिदमा ४ लिटर एरियल म्याटिक लिक्कइड
– एलजी डिशवाशरको खरीदमा डिशवाशर किट
– एलजी भ्याकुम क्लिनरको खरिदमा चपर
– एलजी एयर प्युरिफायरको खरिदमा एयर फ्राइर
साथै यस अवधिभित्र एलजीको टीभी खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेन्टीसमेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ ।

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_JueXowWkwU_rxk8hslooij1f9ivbamgsbk0g4meqpocim8gt61u0w3uc727rcjrwaljnwdr.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया