रियलमीको डिस्ट्रिब्युटर मीट २०२३ सम्पन्न

काठमाडौँ – स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो डिस्ट्रिब्युटर मीट २०२३ सफलतापूर्वक सम्पन्न गरेको छ ।
शनिबार काठमाडौंको नक्सालस्थित मेरियट होटलमा आयोजना गरिएको उक्त डिस्ट्रिब्युटर मीटमा नेपालभरका ४० भन्दा बढी डिलरहरू सहभागी भएका थिए ।
आफ्ना डिस्ट्रिब्युटरहरूसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्देश्यले यस डिस्ट्रिब्युटर मीटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।
साथै, डिस्ट्रिब्युटरहरूसँग पारदर्शी सञ्चार कायम राख्न तथा उनीहरूले सामना गरिरहेका प्रमुख चुनौती र तिनीहरूका समाधान खोज्न पनि यस डिस्ट्रिब्युटर मीटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।
डिस्ट्रिब्युटर मीटलाई सम्बोधन गर्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘यस डिस्ट्रिब्युटर मीटमा उपस्थित हुनु भएका समस्त डिस्ट्रिब्युटरहरूप्रति हामी आभारी छौँ । डिस्ट्रिब्युटरहरूको लगातार मेहेनत र लगनशीलता नै हाम्रो सफलताको कडी हो । समन्वय गर्दै नेपाली प्रविधिमा नयाँ आयाम थप्नेछौँ र अझै प्रतिबद्ध भएर अगाडि बढनेछौँ भन्ने हामीलाई विश्वास छ ।’
उक्त कार्यक्रममा नेपालभरका डिस्ट्रिब्युटरहरूलाई अटल सहयोगको कदरस्वरूप प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा जगदम्बा मोबाइल र पशुपति ट्रेड लिंकका कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_JueXowWkwU_rxk8hslooij1f9ivbamgsbk0g4meqpocim8gt61u0w3uc727rcjrwaljnwdr.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया