शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

एक लाख घुस लिएका प्रहरी वरिष्ठ हवल्दार बिष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सेवाग्राहीसँग एक लाख घुस लिएका बुढानिलकण्ठ प्रहरी प्रभागमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार बिष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहले सरसफाई तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि १ लाख घुस लिएको आराेपमा मंगलबार सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगको टोलीले प्रहरी बरिष्ठ हवल्दार  सिंहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । 

आयोगले अदालतमा दायर गरेको आरोप पत्रमा हवल्दार सिंहलाई बिगो बापत १ लाख रुपैयाँ कायम गरी कैद र बिगो बमोजिमको दुवै सजायको माग गरेको छ ।