धरानमा धार्मिक सद्भाव कायम गर्न प्रदेश सरकारको आग्रह

विराटनगर - धरानमा धार्मिक एवं सामाजिक सद्भाव कायम गर्न कोशी प्रदेश सरकारले आग्रह गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं खानेपानी, सिंचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले सोमबार विज्ञप्ति जारी गर्दै सामाजिक एकता र सद्भाव बिथोलिने गरी सामाजिक सञ्जाल लगायतका माधयममा सामग्रीहरु आइरहेको चिन्ता प्रकट गरेका छन् ।
विज्ञप्तिमा केही समययता धरानलगायत स्थानमा भएका घटनालाई लिएर सामाजिक एकता र सद्भाव बिथोल्ने गरी सामाजिक सञ्जालमा श्रृङ्खलाबद्ध रुपमा आइरहेका अभिव्यक्ति र सामग्रीप्रति चिन्ता प्रकट गरिएको छ ।
‘धरानलगायत केही स्थानमा भएका घटनालाई लिएर विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सु–सम्बन्धलाई खलल पार्ने, हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावलाई बिथोल्ने गरी सामाजिक सञ्जाल र अन्य माध्यमबाट श्रृङ्खलावद्ध रुपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामग्रीप्रति कोशी प्रदेश सरकार चिन्ता प्रकट गर्दै सामाजिक तथा धार्मिक सद्भावका लागि हार्दिक अपिल गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको र संविधानले समेत प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरेको तर्फ ध्यान दिन सरकारको तर्फबाट आग्रह गरिएको हो । समाजमा कायम रहेको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव बिथोल्ने गरी व्यक्त गरिने गलत अभिव्यक्ति तथा गतिविधिले कसैको पनि हितमा नभएको जनाइएको छ ।
साथै कोशी प्रदेश भित्रका सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक तथा जातीय संघ संस्थाहरु, सामाजिक सञ्जालका प्रयोगकर्ता र समाजका अग्रज व्यक्ति एउटै थलोमा उभिएर हातेमालो गर्दै सबै धर्म, जाति एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न पनि आग्रह गरिएको छ ।

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया