'देशको समस्यामा बेखबर सरकार स्वार्थमा डुब्यो'

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेला समेत सरकार रमिते बनेको बताएका छन् । आइतबार आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरुसँगको भेटघाटका क्रममा उनले यस्तो विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचारमा लिप्त रहेको र जनजीविकाको सवालमा गैरजिम्मेवार बनेको आरोप लगाए ।
‘यो सरकार स्वार्थमा डुबेको छ । भ्रष्टाचारमा लिप्त छ,’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले भने, ‘मुलुकका तमाम समस्यामा सरकार बेखबर छ । यो लोकतन्त्रवादीहरुका लागि समेत अशोभनीय हो ।’ सरकारले संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा समेत चासो नदिनु दुःखद भएको उनले बताए ।
यतिबेला आफूहरुले प्रमुख प्रतिपक्षीको रुपमा उठाउनु पर्ने विषय उठाउँदै आए पनि सरकारले नसुनेको उनले बताए । कोभिड-१९ का कारण तत्कालै सडक आन्दोलनमा जाने अवस्था नरहेको बताउँदै उनले भने, ‘भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोलेकै छ तर यो सरकारले सुन्दैन । यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको ।’
सरकारले कोरोना महामारीको बेला गर्नुपर्ने न्युनतम काम पनि गर्न नसकेको बताउँदै उहाँले अब आफ्नो सुरक्षामा आफैं लाग्नुपर्ने बताए । ‘कोरोना महामारीको बेलामा सरकारले के गर्याे अब यो भनिरहनु परेन,’ उहाँले भन्नुभयो, ‘ अब गर्छ भन्ने आस गर्ने ठाउँ पनि रहेन । यसर्थ आफैं आफ्नो सुरक्षामा लाग्नुपर्छ ।’
काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सिंहले अब संसद बैठक तत्काल डाकेर हरेक विषयमा छलफल हुनुपर्ने बताए । आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय नागरिकसँग सामाजिक दुरी कायम राख्दै उहाँले विकास निर्माण र जनगुनासो सुन्दै आएका छन् ।

जनतालाई अनावश्यक रूपमा निराश बनाउनु एक प्रकारको अपराध हो : प्रधानमन्त्री ओली

भोलि लिङ्देन, थापा, सुवेदी, विष्टले सामुहिक आन्दोलनको घोषणा गर्ने

नीति तथा कार्यक्रममा एआईलाई विधेयकमा समेट्ने बाहेकको नयाँ योजना छैनः सांसद …

बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै शुरु : सञ्चारमन्त्री गुरुङ

सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीनः सांसद यादव

पुरातन शैली र नेतृत्व वाधक नबनिदिए मुलुक आफैं बन्छ : विराजभक्त श्रेष्ठ

हामी आफ्नै आत्मरतिमा रमायौंः गौतम

प्रतिक्रिया