मध्यभोटेकोशी जलविद्युत आयाेजना अन्तिम चरणमा, प्रशारण भने अनिश्चित (भिडियाे रिपाेर्ट)

काठमाडाैं । काठमाडौंबाट नजिकै रहेको सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको निर्माण करिब अन्तिम चरणमा पुगेको छ ।
२०७२ सालको महाभूकम्प, नाकाबन्दी, कोरोना र आन्तरिक अव्यवस्थापनका कारण सात वर्ष पर धकेलिएको यो आयोजना अब भने पूरा भएको हो । आयोजनाका अधिकारीहरुका अनुसार भदौ अन्तिम सातासम्म यसको निर्माण कार्य ९९.९ प्रतिशत पूरा भइसकेको छ ।
धेरै हण्डर र ठक्कर खाएको यो आयोजना पूरा हुन लाग्दा पनि यसको अर्काे चुनौती भने टरेको छैन । आयोजना बनिसकेपछि यसको बिजुली लैजाने प्रसारण लाइन भने निर्माण भइरहेको छ ।
यो आयोजनाको बिजुली सिन्धुपाल्चोकको बाह्रविसे सवस्टेशनदेखि रामेछापको न्यू खिम्ती हुँदै ढल्केबर पुर्याउने र अर्काे बाह्रविसेदेखि काठमाडौंको लप्सीफेदी सवस्टेशन हुँदै राष्ट्रिय ग्रीडमा जोड्ने गरी काम भइहरेको छ ।
तर यी दुवैतर्फका प्रसारण लाइन अनि बाह्रविसेमा निर्माणाधीन सवस्टेशन अझै पूरा नभएकाले प्रसारण लाइनभन्दा अघि नै मध्य भोटकोसी सम्पन्न भएपछि यसको बिजुली खेर जाने चिन्ता थपिएको छ ।

आजका लागि विदेशी मुद्राको विनिमय दर

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

प्रतिक्रिया