महालक्ष्मी विकास बैंकद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौँ– महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालमामा अध्ययनरत सन्तोषकुमार मण्डललाई स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।
मण्डल कक्षा ९ मा अध्ययनरत छन्।
महालक्ष्मी बैंकमा मर्ज भएको मनकामना विकास बैंकका संस्थापक अध्यक्ष लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा उक्त छात्रवृत्ति स्थापना गरिएको हो।
यो वर्षका लागि उक्त छात्रवृत्ति बैंकको दरबारमार्ग शाखाका प्रबन्धक मनिलरन्न शाहीले विद्यालयकी प्रधानाध्यापक गीता काफ्लेलाई हस्तान्तरण गरे।
अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई बैंकले हरेक वर्ष ५० हजार रुपैयाँको उक्त छात्रवृत्ति दिँदै आएको छ।

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

प्रतिक्रिया