भदौ २९ गतेदेखि सत्याग्रह गर्ने डा.गाेविन्द केसीको घोषणा

काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले आफूसँग प्रतिबद्धता पूरा नगरे सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै केसीले भदौ २९ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् ।
यसअघि गत साउन २९ गतेबाट सत्याग्रह सुरु गर्न लागेकोमा सरकारको तर्फबाट विभिन्न प्रतिबद्धताहरू आएको तर कार्यान्वयन नहुँदा पुन सत्याग्रह बस्न लागेको बताउँदै विज्ञप्तिमा लेखिएको छ, ‘हामीले विभिन्न मागहरू राखेर यही साउन २९ गतेबाट सत्याग्रह सुरु गर्न लागेकोमा सरकारका तर्फबाट विभिन्न प्रतिबद्धताहरू आएपछि एक महिनाका लागि सत्याग्रह पछि सारेका थियौँ। ती प्रतिबद्धताहरू कार्यान्वयन नभए यही भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने जानकारी पनि गराउँछौँ।’
उनले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा अञ्जनीकुमार झाको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् । सरकारले आयोगमा निवर्तमान उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई पुनः नियुक्ति नदिएर दण्डित गरेको भन्दै केसीले यसले चिकित्सा शिक्षा सुधारमा असर पर्ने बताएका हुन् ।
‘विगत चार वर्षमा चिकित्सा शिक्षा आयोगले चरम राजनीतिक दबाबका बीच माफियाहरुको घेराबन्दी र प्रधानमन्त्रीको नाजायज हस्तक्षेपका बाबजुद आफ्नो स्वायत्तता र साख बचाउन सक्नुको मुख्य कारण नै यसका पदाधिकारीहरुको निःस्वार्थ भूमिका थियो । त्यही भूमिकाका कारण मेडिकल माफियाहरूको प्रभावमा परेर अहिलेको सरकारले आयोगका तत्कालीन उपाध्यक्षलाई पुनः नियुक्त नगरेर दण्डित गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
अमूक राजनीतिक दलको दलगत, गुटगत वा अन्य स्वार्थ हावी हुने हो वा नियमन हुनुपर्ने संस्था र तिनका लगानीकर्ताहरू आयोगको कार्यसम्पादनमा हावी हुने हो भने त्यसले चिकित्सा शिक्षाको मुख्य नियामक निकायलाई धराशायी बनाउने निश्चित रहेको उनको भनाइ छ ।

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

प्रतिक्रिया