एनएसएलको खेल तालिका सार्वजनिक

काठमाडौँ – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनका लागि खेल तालिका सार्वजनिक भएको छ ।
प्रतियोगिताको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले आइतबार खेल तालिका सार्वजनिक गरेको हो ।
दोस्रो संस्करण मङ्सिर ८ देखि पुस २१ सम्म आयोजना हुनेछ । तालिका अनुसार उद्घाटन खेलमा मङ्सिर ८ गते काठमाडौं रेजर्स र स्पोर्टिङ्ग इलाम डे मेची भिड्ने छन् ।
यस संस्करणमा कुल ९ टिमले दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्नेछन् । एनएसएलमा साविक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी फुटबल क्लब, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, ललितपुर फुटबल क्लब र फुटबल क्लब चितवनसँगै नयाँ टोली झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसीले खेल्नेछन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया