मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

बल्खुमा एक पुरुषको शव फेला

फाइल फोटो

काठमाडौं - बल्खु खोलाको झोलुंगे पुलमुनी एक पुरुषको शव भेटिएको छ। सनाखत हुन नसकेका अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ। 

चन्द्रागिरी नगरपालिका–१५ तिनथानास्थित बल्खु खोलाको झोलुङ्गे पुलमुनि पहिचान खुल्न नसकेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार शव फेला परेको हो। 

यस विषयमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।