कांग्रेस नेता महतद्धारा कोइरालालाई ज्ञापन पत्र

मकवानपुर - नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न जरुरी रहेको औंल्याउँदै पार्टीका वरिष्ठ नेता शेखर कोइरालालाई ज्ञापन पत्र बुझाएका छन् ।
युवा नेता महतले हेटौंडा–२ स्थित पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । ‘अहिले पार्टी एजेण्डाविहीन अवस्थामा रहेको देखिन्छ । जसको कारणले गर्दा नेताहरुको भनाइ बाझिएको छ । त्यसकारण अब एउटै दृष्टिकोण कांग्रेसभित्र आवश्यक छ ।’, ज्ञापन पत्रमा भनिएको छ ।
महतले पार्टीभित्र आफ्न्तवाद हावी भएको बताए । ‘अहिले पार्टीभित्र आफन्त र आसेपासेले मात्र अवसर पाइरहेका छन् । जुन गलत हो । अब योग्यता, क्षमता र लगानीको आधारमा अवसर दिनुपर्छ ।’, महतले भने ।
उनले पार्टीका भातृ तथा शुभेच्छुक संगठनलाई वैधानिकरुपमा गठन गरी चलायमान गरी अगाडि बढाउन जरुरी रहेको औंल्याए । ‘भातृ तथा शुभेच्छुक संगठन वैधानिकरुपमा गठन भएपछि संगठन निर्माण दरिलो रुपमा अगाडि बढ्नेछ ।’, ज्ञापनपत्रमा भनिएको छ,‘क्रियाशील वितरण प्रक्रियालाई परिवर्तन गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।’

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया