चार्टड उडान नहुँदा मलेसियामा ३१ नेपालीको शव राेकियो

काठमाडौँ : नियमित अन्तर्राष्ट्रिय उडान रोकिएपछि मलेसियामा विभिन्न समयमा मृत्यु भएका ३१ नेपालीको शव रोकिएको छ । कोभिड-१९ को महामारी सुरु भएपछि मलेसियाका लागि नियमित उडान रोकिँदा शव पनि रोकिएको हो ।
मलेसिया दूतावासले अन्तरराष्ट्रिय उडान हुन नसक्दा मृत्यु भएका कामदारको शव पठाउन नसकेको जनाएको छ । ११ वटा शवको डकुमेन्ट तयार भइसकेको र बाँकी २० शवको डकुमेन्ट तयार गर्ने काम भइरहेको दूतावासका श्रम काउन्सिलर दीपक ढकालले जानकारी दिए ।
चार्टड उडानमा भएपनि दूतावासले शव पठाउन तयार गरेको छ । मलेसियाबाट कोभिड सहायता सामग्री पठाउने भएकाले सहायता सामग्रीसँगै शव पनि पठाउन लागेको हो ।
कोभिड महामारी सुरु भएपछि मलेसियाले विदेशी कामदार लिन छाडेको छ । स्वास्थ्य सुरक्षाको दृष्टिकोणले मलेसिया सरकारले विदेशी कामदार नलिएको ढकालले इकागजलाई जानकारी दिए ।
नेपाली कामदारको सबैभन्दा पुरानो गन्तव्यस्थल मानिएको मलेसियामा नेपाली कामदार घट्दै गएको उनले बताए । 'करिब तीन लाख कामदारमध्ये गत वर्ष एक लाख ४० हजार कामदार स्वदेश फर्केका छन्,' ढकालले भने,' अहिले मलेसियामा करिब एक लाख ६० हजार कामदार छन् ।
सुरु-सुरुमा दूतावास उद्धार गरिदिनुपर्यो भनेर दैनिक फोन आउने गरेको ढकाललेको भनाइ छ । मलेसियामा दैनिक ६ हजारको हाराहारीमा संक्रमण थपिरहेको उनले जानकारी दिए ।
गत वर्षको लकडाउनमा पनि चार्टड उडानमा मृतक कामदारको शव ल्याइएको थियो ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया