दक्षिण अफ्रिकाविरुद्ध अस्ट्रेलिया १२३ रनले विजयी

काठमाडौँ- घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले शानदार जित हात पारेको छ ।
ब्लोमफोन्टेनमा शनिबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १ सय २३ रनले पराजित गरेको हो ।
यससँगै अस्ट्रेलियाले सिरिजमा २-० को अग्रता लिएको छ । यसअघि पहिलो खेल अस्ट्रेलियाले ३ विकेटले जितेको थियो ।
शनिबार राति ३ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४१ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय ६९ रनमात्र जोड्न सक्यो ।
दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेन र डेभिड मिलरले समान ४९-४९ रन बनाए । अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक ४ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ९२ रन बनायो ।
अस्ट्रेलियाका लागि मार्नस लाबुसेनले सर्वाधिक १ सय २४ रन तथा डेभिड वार्नरले १ सय ६ रन बनाए । दक्षिण अफ्रिकाका लागि ताबरेज शम्सीले सर्वाधिक ४ विकेट लिए ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया