तेस्राे काेशिसमा बागमती प्रदेश सभा बैठक बस्दै, तर यसकारण हुनसक्छ प्रभावित

मकवानपुर । बागमती प्रदेश सभा बैठक आज बस्ने भएको छ । चालु आथिक वर्षको लागि ल्याइएको बजेटमा सहमति अनुसारको कार्यान्वन नभएपछि बैठक बस्न सकेको छैन ।
गत असार २१ गते बजेट पास गरेर सकिएको बैठक भदौ १८ गतेको लागि आव्हान गरिएको थियो । बैठकका लागि दलीय सहमति नभएपछि बैठक नै नबसी २० गतेको लागि सारिएको थियो । तर बैठक २० गते पनि बस्न सकेन । त्यसपछि आज २४ गतेको लाग सभा आव्हान गरिएको छ ।
२ महिनापछि बोलाइएको बैठक १८ गते दिनभर दलको नेताहरुबीच सहमति हुन नसकेपछि २० बुधबारको लागि तय भएकोमा फेरि पनि सहमति हुन सकेन ।
दलहरुबीचको पछिल्लो सहमति अनुसार आज अपराह्न १ बजे बस्ने प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
आजको बैठक पनि प्रभावित हुने सम्भावना
सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुको सहमतिअनुसार आजको लागि बैठक सारिएको बताइएको भए पनि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेस नेता शेखर कोइराला हेटौंडा आउने कार्यक्रम भएकोले आज पनि बैठक प्रभावित हुने अनुमान गरिएको छ । बैठकमा माओवादी र काँग्रेस साँसदहरु सभामा अनुपस्थित हुने अनुमान गरिएको हो ।
आज हेटौंडामा हुने चार दल सम्मेलित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री दाहाल हेटौंडा आउँदै छन् । नेकपा एकीकृत समाजवादी, बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालका अनुसार आज हुने सन्देश सभामा दाहालले दिउँसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभामा समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिइने तथा समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गरिने बताइएको छ ।
यसैगरी हेटौडा ११ स्थित विपी वाटिकामा निर्माण गरिएको वीपीको प्रतिमा अनावरण कार्यक्रममा कोइराला हेटौंडा आउन लागेका हुन् । कांग्रेस मकवानपुरको आयोजना तथा विपी विचार समाज मकवानपुरको संयोजनमा विपीको १ सय १० औं जन्मजयन्तीको अवसरमा प्रतिमा अनावरण कार्यक्रम राखिएको हो । कांग्रेस मकवानपुर सभापति बुद्ध लामाका अनुसार नेता डा कोइरालाले जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई राष्ट्रिय राजनीति तथा कांग्रेसको पछिल्लो समयको रणनीतिको विषयमा जानकारी दिने छन् ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया