प्रधानन्यायाधीश श्रेष्ठलाई अभिनन्दन

काठमाडौँ- सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई आज डोटेली समाज, काठमाडौँका तर्फबाट अभिनन्दन गरिएको छ ।
डोटेली समाज, काठमाडौँका तर्फबाट प्रधानन्यायाधीश श्रेष्ठलाई बालुवाटारमा आज एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरिएको समाजका सहकोषाध्यक्ष टेकबहादुर बमले जानकारी दिए । उनका अनुसार प्रधानन्यायाधीश श्रेष्ठ डोटीवासी तथा डोटेली समाजका आजीवन सदस्यसमेत रहेकाले अभिनन्दन गरिएको हो ।
विसं २०४८ मा डोटेली समाजको स्थापना भएको संस्थाका अध्यक्ष जगदीश केसीले बताए । आजको कार्यक्रममा पूर्वमन्त्री तथा डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आले, पूर्वमन्त्री तथा कांग्रेसका नेता भक्तबहादुर बलायर, पूर्वप्रदेशसभा सदस्य भरतबहादुर खड्का, लालबहादुर खड्का, सचिव विनोशप्रकाश सिंह, नेकपा (एमाले) का नेता लक्ष्मण मलासी लगायतको उपस्थिति रहेको थियो ।
उक्त संस्थाले रक्तदान कार्यक्रम, छात्रवृत्तिका कार्यक्रम, स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै डोटीमा जन्मिएका विभिन्न विशिष्ट व्यक्तिलाई सम्मान तथा अभिनन्दन गर्ने, डोटीबाट समस्या भइ काठमाडौँ आएका नागरिकका समस्याका विषयमा पहल गर्ने लगायतका कार्य गर्दै आएको छ । जन्मथलो डोटी भई हाल कामको सिलसिलामा काठमाडौँमा रहेका डोटीवासी उक्त संस्थामा आबद्ध रहेका छन् । रासस

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया