साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरू अहिले पनि सक्रिय छन् : केपी ओली

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरू अहिले पनि सक्रिय रहेको बताएका छन् ।
अखिल नेपाल महिला संघ मध्यपुर थिमि नगर कमिटले शनिबार भक्तपुरमा आयोजना गरेको तीज शुभकामना कार्यक्रममा ओलीले चाडबाड, एकता र सबै जातका मान्छेहरू एकै ठाउँ बसेको मन नपराउनेहरूले साम्प्रदायिक सद्भाव भड्काउन खोजिरहेको बताएका हुन् । ओलीले सामाजिक सुप्रबन्ध र व्यवस्थालाई राम्रो बनाउन चाडपर्वहरूको विशेष महत्व रहेको बताए । उनले मुलुकको अवस्थामा परिवर्तन ल्याए पनि पूर्ण सन्तोषजनक हुने अवस्था नरहेको धारणा राखे ।
ओलीले ४८ सालमा तीज कार्यक्रममा अर्घाखाँचीमा कांग्रेसका कार्यकर्ताले महिलाहरूमाथि कुटपिट गरेको र त्यसको समस्या समाधान गर्न आफू जानुपरेको स्मरण गर्दै अहिले पनि त्यस्तो घटना दोहाेरिने खतरा कायमै रहेको बताए ।
उनले आयातित वस्तुलाई निरूत्साहित गर्दै स्वदेशी वस्तुको उपयोगमा जोड दिनुपर्ने धारणा राखे । मुलुकका उत्सव चाडपर्वहरूले आफ्ना खुट्टामा आफैँ उभिने प्रेरणा दिनुपर्ने उनको भनाइ छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया