आर्यन र सलोनको ‘डिसेम्बर फल्स’ घोषणा

आर्यन सिग्देल अभिनित एकपछि अर्को फिल्म असफल भइरहँदा, अब उनले कस्तो फिल्म खेल्ने निर्णय लेलान् धेरैलाई कौतुहलता थियो । तर, पुरानै ब्यानरको फिल्म साइन गर्दै उनले त्यो कौतुहलताको बिट मारेका छन् । आर्यनले ‘आर एन्ड आर’ ब्यानरमा बन्न लागेको नयाँ फिल्म ‘डिसेम्बर फल्स’मा आफूले मुख्य भूमिकामा अभिनय गर्न लागेको जानकारी गराएका छन् ।
शनिबार काठमाडौंमा भएको घोषणा सभामा उनले फिल्मको कथा रोचक लागेकोले अभिनयका लागि तयार भएको बताए ।‘यो ब्यानरसँग काम गर्दा म आफूले आफूलाई एक्सपेरिमेन्ट गर्न पाउँछु । त्योबाहेक यो फिल्मको कथा आफैंमा रोचक छ,’ उनले भने । ‘डिसेम्बर फल्स’ बनाउन लागेको ‘आर एन्ड आर’ ब्यानरले यसअघि आर्यनलाई नै लिएर ‘धुवाँ यो नशा’,‘अलबिदा’ र ‘कायरा’ जस्ता फिल्म बनाइसकेको छ । माथि उल्लेखित सबै फिल्मको निर्देशन लक्ष्मण रिजालले गरेका हुन् ।
माघको ४ गतेबाट फ्लोर जाने तयारीमा रहेको फिल्ममा सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, नरेश भट्टराई र चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालको अभिनय रहनेछ । फिल्ममा रहने एक अभिनेत्रीको भने टुंगो लागेको छैन । यो फिल्ममा कार्यकारी निर्माताको भूमिकामा रहन लागेका निर्देशक लक्ष्मण रिजालले केही अभिनेत्रीले स्क्रिप्ट पढिरहेको र उनीहरूको जवाफसँगै हिरोइन टुंगो लाग्ने बताए ।
‘हिरोइनको हामीसँग धेरै विकल्प छैनन् । भएका केहीले स्क्रिप्ट पढेर जवाफ दिन्छु भन्नु भएको छ । एक दुई दिनमै हिरोइन तय गर्छौं,’उनले भने । रामप्रसाज रिजालको प्रस्तुति रहने फिल्मको निर्देशन प्रविन झा र छायाँकन रवि नाइडुले गर्नेछन् । दुवै भारतको फिल्म उद्योगमा काम गर्ने र सुटिङको तयारीका लागि केही दिनपछि नेपाल आउने निर्माण टिमले जानकारी गरायो । राजकुमार भट्टसमेत निर्माता रहने फिल्मका पटकथा तथा संवाद केदार भुषालले लेखेका हुन् । फिल्म आउँदो साउन महिनामा प्रदर्शन गर्ने निर्माण टिमले बताएको छ ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया