सुदूरपश्चिममा प्रदेश सांसदसहित ५ जनप्रतिनिधिकाे पद रिक्त

कैलाली । सुदूरपश्चिम प्रदेशमा एक जना प्रदेश सभा सदस्यसहित पाँच जनप्रतिनिधिको पद रिक्त भएको छ। प्रदेश र स्थानीय तह गरी देशैभरी विभिन्न १८ जिल्लाका २१ जनप्रतिनिधिको पद रिक्त भएकोमा सुदूरपश्चिममा मात्र पाँच पद रिक्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
बझाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित पृथ्वी बहादुर सिंहको सवारी दुर्घटनामा निधन भएसँगै उक्त पद रिक्त भएको हो । सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका सिंहको दुर्घटनामा परी गत असार ५ गते निधन भएपछि उक्त पद खाली भएको छ। उनी नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए।
त्यस्तै जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको २०७९ पुस २३मा निधन भएसंगै उक्त पद पनि रिक्त रहेको छ । कलेल नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए।
यसैगरी डोटीको पूर्वाचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गत वर्ष मंसिरमा निधन भएको थियो। उनी पनि काँग्रेसबाट निर्वाचित भएका थिए।
त्यस्तै, गत जेठ २५ गते बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष सर्जन बोहराको निधनपछि पद रिक्त छ। उनी एमालेबाट विजयी भएका थिए ।
दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मनोरथ भट्टको पनि निधन भएपछि पद रिक्त छ। उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया