डेभोन र डेरिलको शतकमा इंग्ल्यान्डमाथि न्यूजिल्यान्डको शानदार जित

काठमाडौँ- घरेलु टोली इंग्ल्यान्डविरुद्धको चार खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा न्यूजिल्यान्डले शानदार जित हात पारेको छ ।
शुक्रबार राति कार्डिफमा भएको खेलमा न्यूजिल्यान्डले इंग्ल्यान्डलाई ८ विकेटले पराजित गरेको हो ।
जितका लागि चाहिएको २ सय ९२ रनको लक्ष्य न्यूजिल्यान्डले ४५ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
न्यूजिल्यान्डको जितमा डेरिल मिचेलले अविजित १ सय १८ रन तथा डेभोन कनवेले १ सय ११ रन बनाए ।
इंग्ल्यान्डका लागि डेभिड विल्ली र आदिल राशिद एक-एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ९१ रन जोड्यो ।
इंग्ल्यान्डका लागि कप्तान जोश बट्लरले ७२ रन, डाविड मिलानले ५४ तथा बेन स्टोक्स र लियाम लिभिङ्स्टोनले समान ५२-५२ रन बनाए ।
न्यूजिल्यान्डका लागि राचिन रविन्द्रले ३ तथा टिम साउथीले २ विकेट हात पारे ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया