एसिया कप : भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित भए अर्को दिन खेलाइने

काठमाडौँ- एसीसी एसिया कपको सुपर फोरअन्तर्गत आइतबार हुने भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित भए अर्को दिन खेलाइने भएको छ ।
यसअघि सेप्टेम्बर १७ मा हुने भनिएको फाइनल खेलका लागि मात्र ‘रिजर्भ डे’ रहेको क्रिकइन्फोले जनाएको छ ।
समूह चरणमा भने श्रीलंकामा खेलाइएको भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए ।
यसैबीच, नेपालविरुद्धको खेल गुमाएका जसप्रित बुमराह आफ्नो पहिलो सन्तानको जन्मोत्सव मनाएर भारत र पाकिस्तानबीचको खेलका लागि भारतीय टोलीमा पुन: फर्किएका छन् ।
सुपर फोरको पहिलो खेलमा भने पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया