रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा ६ जना कामदार घाइते

सुर्खेत- रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मुसिकोट खलङ्गाबाट चौरजहारीतर्फ जाँदै गरेको भे २ त १४६१ नम्बरको ट्याक्टर दुर्घटना भएकाे हो । कामदार राखेर चौरजहारीतर्फ जाँदै गरेको उक्त ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
घाइते हुनेमा ट्याक्टर चालक चौरजहारी नगरपालिका–१ का २४ वर्षीय निर्मल थापा, सोही गाउँका २२ वर्षीय पारस विष्ट, उदयपुरको उदयपुर गढी नगरपालिका-५ का २१ वर्षीय कृष्ण मगर, सोही ठाउँकै २१ वर्षीय पेशल मगर, २३ वर्षीय सुशील राई र २१ वर्षका सागर राई रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ । घाइतेहरू ६ जना नै चौरजहारी नगरपालिका-१ मा रहेको सिटिईभिटीको भवन निर्माणमा काम गर्ने कामदारहरू रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको अवस्था सामान्य रहेको उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्का जानकारी दिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया