मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

संघीय निजामति सेवा ऐन चाँडै संसदबाट पास भइ लागू हुनेछः मन्त्री देवी

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय प्रशासन प्रणाली थप मजबुत बनाउन संघीय निजामति सेवा ऐनको भुमिका महत्वपूर्ण हुने बताएकी छन् । शुक्रबार सिंहदरबारमा २० औं निजामति सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले प्राविधिक कारणले संघीय निजामति सेवा ऐन आउन ढिलाइ भएपनि सरकारले मन्त्रिपरिषद्‌बाट पास गरी संसदमा पठाउने निर्णय भइसकेको भन्दै अब छिटै नै संसदबाट पारित भइ कार्यान्वयनमा जाने विश्वास व्यक्त गरिन् । उनले संघीय निजामति सेवा ऐन लागू भइसकेपछि संघीय निजामति सेवा मात्र नभइ प्रदेश र स्थानीय तहसम्मको धेरै अन्योलता पनि अन्त्य हुने बताइन् ।

‘विकास, समृद्धि र सुशासनको व्यवसायिक र सिर्जनशिल हुन जरुरी छ । निजामति प्रशासनले निर्वाचन सम्पन्न गर्न प्राकृतिक र संकटको सफल व्यवस्थापन गर्न तथा राजनीतिक संक्रमणकालको व्यवस्थापन गर्न कोशेढुंगा प्रमाणित भइसकेको अवस्थालाई बिर्सिनु हुँदैन । संघीय प्रशासन प्रणाली थप मजबुत बनाउन संघीय निजामति सेवा ऐनको भुमिका महत्वपूर्ण हुने यथार्थ हो' उनले भनिन् 'विभिन्न प्राविधिक कारणले संघीय निजामति सेवा ऐन आज आउन धेरै ढिला भइसकेको अवस्थामा हालै यस मन्त्रालयबाट संघीय निजामति सेवा विधेयक अघि बढाइएकोमा यो ऐन संसदबाट छिटै पास भइ लागू हुनेछ । संघीय निजामति सेवा ऐन लागू भइसकेपछि संघीय निजामति सेवा मात्र नभइ प्रदेश र स्थानीय तहसम्मको धेरै अन्योलता पनि अन्त्य हुने विश्वास गरेको छु । ऐन पारित गर्न सबैको सहयोग र अपेक्षा पनि गर्दछु ।’

मन्त्री देवीले ऐन पारित गर्न सबैको सहयोग र अपेक्षा राखेको बताइन् ।

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्गको आवश्यकता

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी