जिल्लामै पहिलो पटक दार पकेट क्षेत्र घोषणा

मकवानपुर- दारको ठेकी र मकवानपुर कुनै समय देशमै चिनिन्थ्यो । पछिल्लो समय काठको ठेकी लोप हुँदै गएको छ भने दार प्रजातीको रुखको संरक्षण नहुदा हराउँदै गएको छ ।
मकवानपुरको चिनारी दार र काठको ठेकीको पहिचान कायम राख्न मकवानपुर जिल्लामै पहिलो पटक दार पकेट क्षेत्र घोषणा गरिएको छ ।
डिभिजन वन कार्यालय राप्ती मनहरीको सहयोग तथा दरबारडाँडा सामुदायिक वन उपभोक्ता समूह भीमफेदी गाउँपालिका १ को व्यवस्थापनमा दार पकेट क्षेत्र घोषणा गरिएको हो । बिहीबार बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञप्रसाद दाहाल र गाउँपालिकाका अध्यक्ष हिदम लामाको उपस्थितिमा दार पकेट क्षेत्र घोषणा गरिएको हो ।
भीमफेदी १ स्थित दरबारडाँडा सामुदायिक वन उपभोक्ता समूहको जमिनमा दारका बिरुवा रोप्ने तथा संरक्षण समेत गर्ने लक्ष्यले पकेट क्षेत्र घोषणा गरिएको हो । सामुदायिक वनको करिब २ हेक्टर क्षेत्रफल जमिनमा १ हजार ४ सय ५० वटा दारको बिरुवा रोप्ने लक्ष्य लिइएकोले पकेट क्षेत्र घोषणा गरिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।
डिभिजन वन कार्यालय राप्ती मनहरीको आयोजनामा भएको दार वृक्षरोपण अन्तर्गत पहिलो चरणमा ८ सय वटा विरुवा र दोस्रो चरणमा ६ सय ५० वटा विरुवा रोप्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिए । लोपोन्मुख दारको संरक्षणमा सबै सामुदायिक वनकर्मीहरू लाग्नुपर्ने उनले बताए ।
दारको ठेकी लोप हुँदै गएपछि मकवानपुरमा दारको वृक्षारोपण तथा संरक्षण कार्यलाई डिभिजन वन कार्यालयले निरन्तरता दिँदै आएको छ । डिभिजन वनको सक्रियतामा बकैया गाउँपालिका–१२ चपकीमा समेत १ हजार दारको विरुवा रोपिएको थियो ।

जुगलमा नमुना युवा गाउँसभा

बजेटका सम्बन्धमा भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला मन्त्रालयको ध्यानाकर्षण

बाढी घरमा पस्दा बलामी बेपत्ता

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

चितवनमा ग्यास बुलेट र ट्रक ठोक्कियो

बाढीले बगाएर सवइञ्जिनियर दाहालको मृत्यु
‘प्यारोल’बाट ३७ कैदी छुटे

प्रतिक्रिया