काठमाडौँमा आज शोक बिदा, शिक्षण संस्था बन्द नहुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आज महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ ।
काठमाडौं–१६ का वडाध्यक्ष मुकुद रिजालको निधनमा महानगरले शुक्रबार बिदा दिने निर्णय गरेको हो । उनको उपचारको क्रममा बिहीबार निधन भएको थियो ।
तर, यसरी दिईएको शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन् ।
उच्च ज्वरो र निमोनियाँ देखिए पछि रिजाललाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधि मध्ये २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो तर हिजो बिहान उनको निधन भएको हो ।
नेपाली कांग्रेसको काठमाडौं–७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि हिजो राष्ट्रिय सभा गृहमा राखिएको थियो भने त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो ।
उनी राजनीतिसहित सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय थिए ।

फर्निचर उद्योगमा आगलागी

साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्- ‘डाक्…

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

किसानको आयआर्जन बढाउन बिरुवा वितरण

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

पर्सामा लागुऔषधका एक सय १४ मुद्दा दर्ता

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

प्रतिक्रिया