संसद्का तीन वटा समितिको बैठक बस्दै

काठमाडौं- संसद्का तीन वटा समितिको बैठक बस्दैछ ।
संघीय संसद् सचिवालयका अनुसार शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसहित दिगो विकास तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ ।
विधायन समितिमा विद्युतीय व्यापार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ भने दिगो व्यवस्थापन समितिमा दिगो विकास लक्ष्य नं ५ अन्तर्गत लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा अन्तर पार्टी महिला सञ्जालसँग छलफल गरिनेछ । दिगो विकासको अपरान्ह १:०० बजेबाट सुरू हुँदा विधायन समितिको १ बजेबाट सुरू हुनेछ ।
उता शिक्षा समितिमा चिकित्सा शिक्षाको गुणस्तर र सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँग छलफल हुने संसद् सचिवालयले जनाएको छ । बैठक बिहान १०:३० बजेबाट सुरू हुनेछ ।

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

राष्ट्रियसभामा १४ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित

प्रतिक्रिया