विद्यमान ऐनका आधारमा काम अघि बढाउन खोजिएको छ : सिटिइभिटी

काठमाडाैँ– चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) का पदाधिकारीहरूले विद्यमान ऐनका आधारमा आफ्ना कामलाई अघि बढाउन खोजिएको बताएका छन् ।
आयोग र सिटिइभिटीको कार्यक्षेत्रका विषयमा दुई निकायबीच विवाद बढेपछि बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गरेको छलफलमा दुवै निकायले ऐनका आधार आफ्ना कामलाई अघि खोज्दा क्षेत्राधिकारमा हस्तक्षेप भएको बताएका हुन् ।
सिंहदरबारमा बसेको समिति बैठकमा उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले आफ्नो संस्थाको ऐनका आधारमा चिकित्सा शिक्षाको काम गर्दा आयोगले हस्तक्षेप गर्न खोजेको तर्क गरे ।
दुई निकायको बुझाइमा एकरूपता नआउँदा विवाद उत्पन्न भएको उनकाे भनाइ छ । अधिकारीले चिकित्सा शिक्षामा सिटिइभिटीलाई आयोग मातहत ल्याउने प्रयास हुँदा समस्या भएको पनि बताए ।
यता आयोगका उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरीले चिकित्सा शिक्षाका बारेमा सिटिइभिटीलाई प्रश्न गर्दा छुट्टै ऐन भएकाले आफूले काम गरेको जवाफ पाएको बताए ।
चिकित्सा शिक्षा ऐनमार्फत आयोगले काम गर्न खोजेको उनकाे भनाइ छ ।
बैठकमा समिति सदस्यहरूले दुई निकायहरूले क्षेत्राधिकारमा स्पष्ट भएर गुणस्तरीय शिक्षा दिनुपर्ने धारणा राखेका थिए ।
दुई निकायबीच लामो समय विवाद हुँदा शिक्षा मन्त्रालय मौन बस्दा समस्या लम्बिँदै गएको भन्दै तत्काल राज्यले निकास दिनुपर्ने बताएका थिए ।
समितिका सभापति भानुभक्त जोशीले समस्या समाधान खोज्न शुक्रबारको बैठकमा यस विषयमा निरन्तर छलफल हुने बताए । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारी भएपछि पिसिएल नर्सिङलगायत चिकित्सा शिक्षा सबै सो कानुनको परिधिबाट सञ्चालन हुनुपर्ने आयोगको तर्क छ ।
सांसद देवेन्द्र पौडेल आफ्नो बेग्लै कानुनका आधारमा विगतदेखि सञ्चालित नर्सिङ शिक्षालाई आयोगले हस्तक्षेप गर्न नहुने सिटिइभिटीले अडानका कारण दुई निकायबीच विवाद हुँदै आएको छ ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया