चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त

काठमाडौँ- सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यसअघि आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्ष नियुक्तिका लागि डा. अञ्जनीकुमार झा, डा. प्रविण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो ।
बैठकले शिक्षा ऐन संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ भने स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता सामाजिक समावेशीकरण रणनीति २०८० स्वीकृत गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् ।
बैठकले तेजाब तथा अन्य रासायनियक घातक पदार्थ नियमन नियमावली २०८० स्वीकृत गरेको छ, संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धी विधेयक २०८० संसदमा पेस गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन् ।
त्यस्तै बैठकले निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

प्रतिक्रिया