एक सातामै डेंगीबाट सुदूरपश्चिममा दुईकाे मृत्यु

कैलाली । सुदूरपश्चिम प्रदेशमा डेङ्गी रोगको प्रकोप बढ्दै गएको छ। डेङ्गी रोगको संक्रमण तीव्र रुपमा फैलिएसँगै सुदूरपश्चिममा गएको साता मात्रै २ जनाको मृत्यु भएको छ ।
कञ्चनपुरमा एक युवा र हिमाली जिल्ला दार्चुलामा १ किशोरीको डेङ्गीबाट मृत्यु भएको हो। कञ्चनपुरको बेलौरी नगरपालिका-८ का २७ वर्षीय हिक्मत खत्रीको डेङ्गी रोगको संक्रमणले मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले बताए। डेङ्गी रोगको संक्रमणपछि धनगढीस्थित अस्पतालमा उपचार गर्ने क्रममा भदौ ११ गते खत्रीको मृत्यु भएको उनले बताए।
युवकको मृत्यु भएको ५ दिनपछि हिमाली जिल्ला दार्चुलामा पनि डेङ्गीले एक किशोरीको ज्यान गएको छ। स्वास्थ्य कार्यालय दार्चुलाका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति वीरेन्द्र भट्टले दार्चुला महाकाली नगरपालिका वडा नं-९ दत्तु बस्ने १४ वर्षीय किशोरी जेलिना चैसिरको डेङ्गीले मृत्यु भएको बताए।
राष्ट्रिय माध्यमिक विद्यालय दत्तुमा कक्षा ९ मा अध्ययनरत छात्रा जेलिनाको डेङ्गीको संक्रमणले भदौ १६ गते मृत्यु भएको हो । हिमाली जिल्ला दार्चुलामा डेङ्गी रोगको संक्रमणले मृत्यु भएको यो पहिलो पटक हो।
केही वर्ष अघि सम्म लामखुट्टे नै नदेखिने हिमाली जिल्ला दार्चुलामा डेङ्गी रोगको संक्रमण सबैभन्दा बढी फैलिएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा गत जनवरी देखि फाटफुट रुपमा देखा परेको डेङ्गी रोगको प्रकोप पछिल्ला दुई तिन साता यता तीव्र रुपमा बढेको छ।
जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा १ सय २९, अप्रिलमा २५, मे मा २२, जुनमा २६, जुलाईमा ५८ जनामा डेङ्गी रोगको संक्रमण देखा परेकोमा अगस्ट एकै महिनामा ३ सय ६५ जनामा संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति जोशीले बताए । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ६ सय ९२ जनामा डेङ्गी रोगको संक्रमण देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया