कोहलीले क्याच छोडेको छु, मलाई पनि एउटा मेडल दिनुस् भन्नुभयोः आसिफ शेख

काठमाडौँ - ओपनर ब्याट्सम्यान आसिफ शेखले राम्रो टिमसँग खेलेर राम्रो स्कोर बनाउँदा आत्मविश्वास बढेको बताएका छन् । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले ड्रेसिङ रुममा भारतीय खेलाडीले मेडल लगाइदिँदा गर्व महशुस भएको बताए । उनले मेडल लगाइसकेपछि भारतीय क्रिकेटर विराट कोहलीले आफूले क्याच छोडिदिएकोमा एउटा मेडल आफूलाई पनि दिनुपर्छ भन्ने ठट्टा गरेको बताए ।
उनले भने, ‘राम्रो टिमसँग राम्रो स्कोर गर्दा आत्मविश्वास बढेको छ । विराट कोहोलीले हामीलाई मेडल लगाइदिँदा धेरै नै प्राउड फिल भयो । अन्तिममा उहाँले एउटा मेडल मलाई पनि दिनु मैले क्याच छोडेँ नि त भन्नुभयो ।’
विश्वका नम्बर वान ब्याट्सम्यान र टिमसँग खेलेपछि अब नेपाली खेलाडीहरु कुनैपनि बलियो टिमसँग निर्धक्क भएर खेल्न सक्ने भएको क्यानको बुझाई छ । एशिया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो । भारत र पाकिस्तानसँग खेलेलर फर्किएको टोलीलाई सशस्त्र प्रहरीको ब्याण्डले विमानस्थलमा बाजागाजासहित स्वागत गरेको थियो । क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थलमा समर्थकहरूको भीड लागेको थियो ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया