सिराहामा भारतीय नागरिकको शव फेला

काठमाडौं - सिराहाको दक्षिणी सीमावर्ती बजार माडरको बसपार्कमा एक भारतीय नागरिकको शव फेला परेको छ।
सिराहा नगरपालिका–१७ मा रहेको माडर बसपार्कमा भारत विहार राज्यको बेगुसराय जिल्ला तेगरा–११ घर भएका करिब ३५ वर्षीय मो. अकबरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको हो।
बुधबार दिउँसो बसपार्कमा फेला परेको शवसँगै भेटिएको भारतीय आधारकार्डको आधारमा उनको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए। घटनास्थलको मुचुल्कासहित कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल सिराहामा राखिएको उनले बताए।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया