महिलालाई जवरजस्ती करणी गरेको आरोपमा डाक्टर राई पक्राउ

मकवानपुर- महिलालाई जवरजस्ती करणी गरेको आरोपमा मकवानपुरको हेटौंडाबाट १ जना डाक्टर पक्राउ परेका छन् । महिलालाई आफ्नै कोठामा जवरजस्ती करणी गरेको आरोपमा हेटौंडा १ स्थित हेटौंडा सिटी अस्पतालमा कार्यरत डाक्टर बसिम राईलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं बुढानिलकण्ठ घरभइ हाल हेटौंडा–१ स्वर्गलोकमा हेटौंडा सिटी अस्पताल सञ्चालन गर्दै आएका ३६ वर्षका राईले ३१ वर्षकी महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार आफ्नै अस्पतालमा कार्यरत एक जना महिला पूर्वकर्मचारीलाई १८ गते राति जवरजस्ती करणी गरेको भन्दै पीडित महिलाले राईविरुद्ध जाहेरी दिएकी थिइन् । महिलाले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मकवानपुर जिल्ला अदालतबाट डाक्टर राईलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको छ ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया