आफ्नै कमीकमजोरीले कर्मचारी तथा जनप्रतिनिधि फस्ने गरेका छन् : अख्तियार

जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रतिनिधि डा. कृष्णप्रसाद हुमागाईंले स्थानीय तह जनप्रतिनिधि र कर्मचारीहरू आफ्नै कमीकमजोरीका कारण भ्रष्टाचार आरोपमा फस्ने गरेको बताएका छन् ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासद्वारा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख हुमागाईंंले यस्तो बताएका हुन् ।
उनले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूले खरिद प्रक्रिया, लागत इस्टिमेट, सामान प्रयोगसहितका मापदण्ड पूरा, काम अनुसारको कागजी प्रक्रिया पूर्ण रूपमा पूरा र आफ्नो पदीय दायित्व अनुसार काम गरेको खण्डमा जति उजुरी परे पनि अख्तियारमा नफस्न उल्लेख गरे ।
वडाध्यक्ष र उपप्रमुखसहितका जनप्रतिनिधिले योजनामा काम गर्ने भएकाले आफ्नो पदीय दायित्व पूरा गर्न उनले सुझाव दिए ।
उनले भने, 'प्रतिनिधि हुमागाईंले वडाध्यक्षले सिफारिस मात्र गर्ने हो न कि त्यसको भेरिफिकेसन गर्ने हो, यस्तै उपप्रमुखले अनुगमन गरी प्रतिवेदन कार्यपालिका बोर्डमा प्रस्तुत गर्ने हो राम्रो नराम्रो भेरिफिकेसन गरी भुक्तानीका लागि सिफारिस गर्ने होइन । तर, यहाँ त यिनीहरूले आफ्नो पदीय मर्यादा बिर्सेर भेरिफिकेसन गर्ने गरेको कारण यिनीहरूविरुद्ध अधिकांश उजुरी पर्ने परेको हो ।'
कार्यक्रमको सहकार्य गरेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले एउटा/एउटा योजनाको छानबिन गरेर कर्मचारीलाई काम गर्न समस्या भइरहेकाले एउटै उजुरीका आधारमा सबै योजनाको छानबिन गर्दा हुन्छ भन्दै यति परेशान गर्नुभन्दा बेश त स्थानीय तहमा अख्तियारको एउटा कर्मचारी नै राखिदिए हुन्छ भनी कटाक्ष गरे ।
कार्यक्रममा सहभागी कर्मचारी तथा जनप्रतिनिधिहरूले बेनामी उजुरीका आधारमा अख्तियारले केरकार गर्ने गरेको र छानबिनका क्रममा मागेको जवाफ पठाएपछि छिनोफानो नगरी लामो समयसम्म अल्झाएर थप पिडा दिने गरेको गुनासो गरेका थिए । अन्तरक्रियामा सहभागीहरूले जनप्रतिनिधि समेतलाई आफ्नो काम, कर्तव्य, अधिकार र दायित्वबारे तालिम दिइएमा कर्मचारीलाई काम गर्न सहज हुन सक्ने बताएका थिए ।
कार्यक्रममा अधिकांश कर्मचारी अख्तियारलाई बेनामी उजुरीको भरमा केरकार नगरी काम गर्न वातावरण सहज बनाउनमा सहयोग गर्न आग्रह गरेका थिए । जनप्रतिनिधि समेतलाई आफ्नो काम, कर्तव्य, अधिकार र दायित्वबारे तालिम दिइएमा कर्मचारीलाई काम गर्न सहज हुन सक्ने अन्तरक्रियामा सहभागीहरूले सुझाव दिएका थिए ।

जोखिमयुक्त यात्रा गर्न बाध्य छन् धरान हरियालीका स्थानीय

कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा राजेन्द्र लुइँटेल

चितवनको इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर

लहानमा श्रमिक महिलाका लागि भवन निर्माण सुरू

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

फर्निचर उद्योगमा आगलागी

साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्- ‘डाक्…

प्रतिक्रिया