सय मत गणनाको प्रारम्भिक नतिजामा अध्यक्षका दुवै उम्मेदवारले पाए समान मत

बुटवल- नेकपा एमाले लुम्बिनी प्रदेश नेतृत्वका लागि भएको चुनावको सय मत गणनाको प्रारम्भिक नतिजामा अध्यक्षका दुवै उम्मेदवारले समान ५०–५० मत पाएका छन् । अध्यक्षका उम्मेदवार राधाकृष्ण कंडेलले ५० मत पाउँदा अर्का उम्मेदवार हरिप्रसाद रिजालले पनि ५० मत नै पाएका निर्वाचन समितिले जनाएको छ । कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।
उपाध्यक्षमा
भाेज प्रसाद श्रेष्ठले ५३ मत, विश्वराज वराल २७, पुजन बिश्वकर्मा १२, शान्तकुमार वलि ५ मत पाएका छन् ।यस्तै सहसचिव पुरुष उपेन्द्र कामि ११, दुर्गा थारु ४४, पुर्ण वहादुर ४४, सह सचिव महिलामा आरति पाैडेल २५, लिला राना ३८, वसन्ति अधिकारीले ३७ मत पाएका छन् ।
साहीक्रममा लेखा अध्यक्षमा दामाेदर ५३, विस्वराज ३७, सचिवमा प्रकाश ज्ञवालीले ४०, वावुराम विश्वकर्माले ४६ मत पाएका छन् ।
मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार आजै रातिसम्म गणना सकेर मतपरिणाम सार्वजनिक गर्ने तयारी छ । प्रत्येक सय मत गनेर सकेपछि परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको छ ।

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’

तटबन्धले जोगायो घर खेत
_04YG2z72mH_v8t2igg3vbb16jiyc5uza0xw7voswj7ykb4vsjp80tricojvuf9puxqytjnl_7MwkwGNxxB_13ptgqkcgy0ljjhdbx9mnbbd0mnyevramgu3shkqrvcbuuqmakb7xbncvxg6.jpg)
रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी
चिनी तस्करी गरेको आरोपमा मुद्दा दायर

दाङको शान्तिनगर गाउँपालिकाले विद्युत महसुल तिरिदिने

प्रतिक्रिया