फेरि सर्यो बागमतीको बैठक

मकवानपुर- बागमती प्रदेश सभाको भोलि बुधबार पनि नबस्ने भएको छ । दुई महिनापछि हिजो साेमबारका लागि बोलाइएको बैठक हिजो दिनभर दलका नेताहरूबीच सहमति हुन नसकेपछि भोलिका लागि तय भएको थियो । तर, भोलि पनि बैठक नबस्ने भएको छ । दलहरूबीचको सहमति अनुसार अब भदौ २४ गते अपराह्न १ बजे बस्ने छ ।
बैठक यही भदौ २४ गते बिहान साढे ११ बजे बस्ने गरी सरेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । भोलि बस्ने भनिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूको सहमतिअनुसार भदौ २४ गतेका लागि सारिएको सभामुख पाठकले बताए ।
सोमबार बस्ने भनिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूबीच सहमति हुन नसक्दा बुधबार बस्ने गरी स्थगित गरिएको थियो ।
बागमती प्रदेश सभाको बैठक यसअघि गत असार २१ गते बसेको थियो । चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेटमा प्रतिपक्षी दलसँग भएको सहमति कार्यान्वयनमा नआएका कारण बैठक बस्न समस्या भएको पाइएको छ ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया