बाल सुधार केन्द्र कि अभद्र व्यवहार केन्द्र ?

भक्तपुर- बाल सुधार गृह जहाँ १८ वर्षभन्दा कम उमेरमा जानी नजानी कानुनविपरीत कार्य गरी अदालतले दिएको सजायअनुसार चौघेरामा सुधारिन पुग्ने ठाउँ हो । यस्ता सुधार गृहहरू भक्तपुरलगायत अन्य आठ जिल्लामा पनि सञ्चालित छन् । गत असार मसान्तसम्म देशभरका बाल सुधार गृहहरूमा एक हजार ८३ जना बालबालिका रहेको तथ्यांकले देखाउँछ ।
यी बाल सुधार गृहहरू पनि कारागार व्यवस्थापन विभाग मातहतमा रहेका छन् । कानुनविपरीत कार्य गरेका बालबालिकाको उमेरलाई ध्यानमा राख्दै शारीरिक तथा मानसिक स्थितिमा असर नपर्ने गरी उनीहरूको आचरण र व्यवहारमा सुधार ल्याई चरित्रवान् नागरिक निर्माण गर्ने उद्देश्यले बाल सुधार गृहकाे स्थापना भएको हो ।
बाल सुधार गृह सञ्चालन र व्यवस्थापन गरेबापत नेपाल सरकारले युसेपलाई वार्षिक एक करोड अनुदान उपलब्ध गराउने गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
वार्षिक एक करोड रुपैयाँको अनुदानमा युसेपले चार वटा बाल सुधार केन्द्र सञ्चालन गर्दै आएको छ । यही अनुदानमा सञ्चालित भक्तपुरको बाल सुधार गृह, जहाँ भदौ ४ गते मध्याह्न बालकहरूले विद्रोह गरे । प्रहरीले हवाई फायर र रबरका गोली चलाउँदा परिस्थिति नियन्त्रणमा आउन नआउँदा थोरै संख्यामा रहेको प्रहरी पछाडि सर्न बाध्य बन्यो ।
सुधारिन गएका बालकहरू किन आन्दोलित बने ?
रामेछाप मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेत विगत ३ वर्षदेखि बलात्कारको केशमा सानो ठिमीमा रहेको सुधार केन्द्रमा थिए । विभिन्न समयमा बिरामी भइरहँदा पनि सुधार केन्द्रले वास्ता नगरेपछि सुधार केन्द्रका बालबालिकहरूमा आक्रोश पैदा हुन थालिसकेको थियो । भदौ २ गतेभन्दा अगाडिबाटै बिरामी बस्नेत बान्ता गर्ने, ज्वरो आउने र पीलोले थलिएका थिए ।
सुधार केन्द्रमा रहेका बस्नेतका साथी र आफन्तहरूले पनि युसेपका वार्डेनलाई उपचारका लागि आग्रह गरेका थिए । तर, वार्डेनले नसुने झै गरे । बस्नेत गत भदौ ३ गते अचेत अवस्थामा भेटिएपछि बाल सुधार केन्द्रका कर्मचारीहरूले मध्यपुर थिमि नगरपालिका–३ गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा पुर्याए । तर, बस्नेतले आफ्नो प्राण कुन बेला त्यागे कसैले पत्तो पाएनन् ।
त्यसपछि आफन्तहरूले विरोध सुरु गरे । गत भदौ ३ र ४ गते मृतक बस्नेतका परिवार र भक्तपुर जिल्ला प्रशासन कार्यालयबीच छलफल भयो । परिवारको एउटै माग थियो— बाल सुधार केन्द्रका सञ्चालकलाई अविलम्ब पक्राउ गरी कारबाही गर्ने । तर, प्रशासनले पीडितको कुरा नसुनेपछि भदौ ४ गते बिहानैदेखि बाल सुधार केन्द्र अगाडि मृतककाे परिवारले नाराबाजी सुरु गरे । सुधार केन्द्रभित्र रहेका बालकहरूले पनि मृतक साथीको न्यायका लागि लामबद्ध भएर मौन विरोध जनाइरहेका थिए ।
मौन विरोधमा रहेका बालकहरू एक्कासि आक्रोशित भए र तोडफोडमा उत्रिए । आक्रोशित बालकहरूलाई नियन्त्रण गर्न पुगेका सुरक्षाकर्मीहरू तिनै बालकहरूको आक्रमणमा परी घाइते भए ।
सुरक्षाकर्मीहरूलाई बचाउने क्रममा खोलिएको ढोका र पछाडितर्फ रहेकाे पर्खालबाट २ सय २१ जना बाल कैदीबन्दी भागे । जहाँ २९८ जना पुरुष र ४३ जना महिला रहँदै आएका थिए । त्यसै साँझसम्ममा भागेका मध्ये २ सय ४ जना प्रहरीको सम्पर्कमा आए भने बाँकीलाई प्रहरीको खोजतलासमा समातिए । हालसम्म २ सय ९६ जना बाल सुधार गृहमा आइसकेका छन् भने एक जना अझै फरार रहेको प्रहरीले बताएको छ । तिनै २ सय ९८ मध्ये थिए— मृतक कमल बस्नेत ।
बाल सुधार केन्द्र कि यातना दिने ठाउँ
नेपाल सरकारले जान अन्जानमा गरेका गल्तीहरूको प्रायश्चित गराई आगामी दिनमा असल र चरित्रवान् नागरिक बनाउन राखिने सुधार केन्द्रमा भएको ज्यादती एक सानो झिल्काेकाे रूपमा सानो ठिमी घटनालाई मान्न सकिन्छ ।
कमल बस्नेतको मृत्यु एक कारण हुन सक्ला । तर, सुधार केन्द्रभित्रका बालबालिकाहरूकाे गुनासाे सुन्ने हो भने कति कष्ट सहेर बसेका रहेछन् भन्ने स्पष्ट हुन्छ । न बिरामी पर्दा औषधि, न खाना पानी स्वस्थकर, न त खेल्ने सुविधा न त पढ्ने अवसर ।
बाल सुधार गृहमा युसेपको लापरबाही र प्रशासनको उदासीनताका कारण नै भदौ ४ गते शान्त सानो ठिमी बाल सुधार गृह रणमैदानमा परिणत भयो । यसको मुख्य दोषी बाल सुधार गृह सञ्चालन गर्नेहरू नै हुन् । तर, नेपाल सरकार, स्थानीय सरकार, प्रशासनलगायतले पनि ति बालबालिकाको गुनासो, समस्या सुन्न नचाहेका कारण बाल सुधार गृहमा विद्रोह हुन पुग्यो ।
घटना भएको धेरै दिन भइसक्यो । तर, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सानो ठिमी बाल सुधार केन्द्रको अनुगमनबाहेक केही गरेको छैन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकले) स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरिसकेको छ । त्यसमा पनि मुख्य दोषी बाल सुधार गृह प्रशासन नै रहेको देखाएको छ । प्रतिवेदनले बालसुधार गृहका सम्बन्धमा दीर्घकालीन रूपमा बालसुधार गृह व्यवस्थापनमा संलग्नहरूलाई अनुसन्धानको प्रक्रियामा ल्याउन, सुधार गृहभित्रको आन्तरिक व्यवस्थापनमा सुधार गर्न, भदौ ३ र ४ गतेको घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिन गर्न, सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका नराख्ने व्यवस्था गर्न र १८ वर्षभन्दा बढी उमेर पुगेकाहरूलाई सुधार गृहमा बालबालिकासँग नराख्ने व्यवस्था गर्नु जरुरी देखिएको भनेको छ ।
अध्ययन प्रतिवेदनमा बाल सुधार गृहको सञ्चालनको जिम्मा सरकारले नै लिनुपर्ने र सुधार गृहलाई सुधार गृहकै रूपमा विकास गर्न आवश्यक भएको तथा सुधार गृहभित्र कारागारकै जस्तो भित्री सत्ताको अन्त्य गर्ने र बालमैत्री व्यवस्थापनमा जोड दिनु आवश्यक भएको उल्लेख छ ।
तर, भक्तपुर प्रशासनले बाल सुधार गृहका सञ्चालकलाई के कस्तो कारबाही वा सुझाव दियो घटना भएको १५ दिनसम्म पनि केही सार्वजनिक गरेको छैन ।
नेपाल सरकारका सम्बन्धित निकायमाथि उठेका प्रश्न
के जान अन्जानमा गरेका गल्तीको सजाय भोगिरहेका बालबालिकाहरूको मनस्थितिमा यस्ता घटना र यातनाले चरित्रवान् नागरिक बनाएर समाजमा स्थापित गराउन सक्ला ?
बाल गृहको नाममा सरकार र दातृ निकायबाट लिएको अनुदानको उचित सदुपयोग गर्न नसक्नेलाई कानुनी दायरमा ल्याउन सरकार किन हिचकिचाउँछ ?
भाद्र ३ गते सुधारिन पठाइएका कमल कस्नेत (१८) को मृत्यु बाल सुधार गृहकै चरम लापरबाहीका कारण भयो, खै त कारबाही गरेको ?
कि सरकारले यस्ता घटना घटाउने संस्थाहरूको संरक्षण गरी कतै आपराधिक समाज निर्माणका लागि सहयोग त गरेको हैन ?
मृतक कमल बस्नेतका परिवारले पाएको क्षतिपूर्ति नै भाद्र ४ गते घटेको घटनाको अन्त्य हो र ?
बाल सुधार गृहको नियमित अनुगमन कसले गर्ने ? ती बालबालिकाहरूको गुनासोलाई फेरि नसुन्ने ?
बाल सुधार गृहको घटना कमल बस्नेतको मृत्युपछि भएको विद्रोहमा नेपाल सरकारका सम्बन्धित पक्ष, जसले अनुगमनको जिम्मा लिएर बसेका छन्, तिनीहरूलाई कानुनी दायरामा ल्याउनु पर्दैन ?
सुधारिन गएका बालबालिकाले कमल बस्नेतकै नियति र पीडा सहेर मृत्युवरण गर्नुपर्ने दिनको अन्त्य कहिले ?
बाल सुधार गृहभित्र कैदी बालकहरूबीचकाे गुट उपगुटकाे अन्त्य कहिले ?
सुधार गृहभित्र किन निर्माण हुन्छ गुट उपगुट ?
यी र यस्ता प्रश्नहरू धेरै नेपाल सरकारतिरै सोझिन जान्छ । निजी संस्थाहरूलाई सञ्चालन गर्न दिएका यस्ता सुधार केन्द्रहरूले के संविधान र नियमको पालना कति गरेको छ मूल्यांकन छलफल गर्ने समय आइसकेको छ । बाल सुधार गृह भक्तपुरको घटना त एक सानो आगोको झिल्को मात्र हुन सक्छ । सञ्चालकहरूको मति नसुध्रिए सानो झिल्काेले कुनै न कुनै दिन तहसनहस बनाउन सक्छ भन्ने चेत खुल्न जरुरी छ ।

नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ

सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

सामुदायिक वनद्वारा जीविकोपार्जनका लागि पञ्चेबाजा तालिम

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

दलित युवालाई उद्यमी बनाउन सीप सिकाउँदै तमानखोला गाउँपालिका
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_DowYJIYkJp_rypgjwqulcl7me8joqinfol92cqlemstmcjayk7fevbkx4qj8sv3xnz2fi4u.jpg)
अत्यधिक वर्षा हुन सक्ने चिनियाँ प्रहरीले पठायो खबर, सिन्धुवासीलाई सतर्कता अपन…

प्रतिक्रिया