मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

कतारी राजाको नेपाल भ्रमण हुँदै

काठमाडौँ- कतारी राजाको नेपाल भ्रमण हुने भएको छ । राजा शेख तमिम बिन हमद अल थानीको केही महिनामै भ्रमण हुने गरी तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

'आगामी तीन महिना भित्रमा उहाँको भ्रमण हुने गरी तयारी भइरहेको छ,' स्रोतले इकागजलाई भन्यो,' भ्रमणका लागि आन्तरिक कुराहरू मिलाउन मात्र बाँकी रहेको छ । कात्तिक अन्तिम सातासम्ममा भ्रमण हुने गरी मिति तय भइरहेको छ । '

परराष्ट्र स्रोतका अनुसार कतारको राजा नेपाल आउनका लागि इच्छुक छन् । कतारको तर्फबाट नेपाल आउन लागि सरकारी चिठी तयारी भइसकेको छ । कूटनीतिक रूपमा नेपालको तर्फबाट पनि कतारको निम्तालाई स्वीकार्ने पत्र बाँकी छ ।

कतारी राजा नेपाल जानका लागि तयारी रहेको पत्र जानकारी नेपाल आइपुग्न बाँकी रहेको स्रोतले जानकारी दियो । नेपालको उच्च निकायबाट निम्तो तथा आमन्त्रणको पत्र गइसकेपछि भ्रमणको मिति सार्वजनिक हुने स्रोतले उल्लेख गरेको छ ।

स्रोतका अनुसार भ्रमणमा आठदेखि दशवटा प्रोजेक्टमा सम्झौता हुन सक्नेछ । सन् २००५ भएको श्रम सम्झौता भएको यस पटक १८ वर्षपछि सम्झौता गर्ने तयारी छ । स्रोतले कतारको उच्च तहबाट हुने भ्रमण सफल हुने विश्वास बताएको छ ।


 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता