बागमतीका कांग्रेस प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले प्रमुख सचेतकबाट राजीनामा दिएका छन् । उनले बागमती प्रदेशको नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट राजीनामा दिएका हुन् ।
उनले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गतिशील र सवल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो । प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव महसुस गरेको छु । अतः केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशील रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु ।’
काफ्लेलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको २०७९ माघ २ गते बसेको बैठकले प्रमुख सचेतकमा नियुक्त गरेको थियो ।
काफ्ले प्रदेशसभामा दोलखा निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद हुन् । नेविसंघका पूर्वमहामन्त्री रहेका उनी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया