पूर्व प्रेमिकामाथि आक्रमण गरेको आरोप लागेका एन्टोनीलाई ब्राजिलले टिमबाट हटायो
काठमाडौँ- पूर्व प्रेमिकामाथि आक्रमण गरेको आरोप लागेका विंगर एन्टोनीलाई ब्राजिलको राष्ट्रिय फुटबल टिमबाट हटाइएको छ ।
उक्त घटनाको छानविन हुनुपर्ने जनाउँदै ब्राजिलले म्यानचेस्टर युनाइटेडका २३ वर्षीय विंगरलाई विश्वकप छनोटका लागि रहेको टिमबाट हटाइएको बीबीसीले जनाएको छ ।
एन्टोनीकी पूर्व प्रेमिका गाब्रिएला काभालिनले गत जनवरी १५ मा म्यान्चेस्टरको एक होटलको रुममा आफूलाई एन्टोनीले टाउको र छातीमा आक्रमण गरेको आरोप लगाएकी छन् ।
ब्राजिल र बेलायती प्रहरीले उक्त घटनाको छानविन गरिरहेका छन् र एन्टोनीले आफू निर्दोष रहेको दावी गरेका छन् । उनले आफूमाथिको आरोप निराधार रहेको समेत दावी गरेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया